Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • मधेश सरकारका नवनियुक्त मन्त्री कुर्मीले लिए पद तथा गोपनीयताको शपथ

    मधेश सरकारका नवनियुक्त मन्त्री कुर्मीले लिए पद तथा गोपनीयताको शपथ

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 573
    SHARES

    जनकपुरधाम । मधेश प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट नवनियुक्त वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीले शपथ लिएका छन् ।

    उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका हुन् ।



    मुख्यमन्त्री सरोजकुमार यादवले लोसपाका सांसद कुर्मीलाई वन तथा वातावरणमन्त्री नियुक्त गरेकोमा उनले आजै पद तथा गोपनीयताको शपथ लिए ।



    नवनियुक्त मन्त्री कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख) बाट निर्वाचित सांसद हुन् । यसअघि सरकार बाहिर रहेका सत्ता गठबन्धन घटक कांग्रेस २ र एकीकृत समाजवादी १ मन्त्रालयसहित मंगलबार मधेश सरकारमा सहभागी भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार