Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • एसियाड पुरुष भलिबलमा आज इरानसँग खेल्दै नेपाल

    एसियाड पुरुष भलिबलमा आज इरानसँग खेल्दै नेपाल

    अनलाइन नेपाल
  • बुधबार, ३ असोज २०८०
  • 810
    SHARES

    काठमाडौं । एसियाली खेलकुदको १९ औं संस्करणमा नेपाली राष्ट्रिय पुरुष भलिबल टोली आफ्नो दोस्रो खेल इरानसँग खेल्दैछ ।

    मंगलबार चीनको हान्झाउमा सुरु भएको पुरुष भलिबलमा नेपालले आज एसियाकै बलियो टोली इरानसँग खेल्न लागेको हो ।



    पछिल्लो दुई संस्करणको एसियाडमा स्वर्ण जितेको इरानसँग खेल्नु नेपालको लागि ठूलो अवसर हुनेछ ।



    समूह बी अन्तर्गत मंगलबार भएको पहिलो खेलमा बहराइनविरुद्ध पहिलो सेट जितेपनि त्यसपछि लय कायम राख्न नसक्दा नेपाल ३/१ को सेटमा पराजित भएको थियो ।

    इरानसँग पराजित भएमा नेपाल समूह चरणबाटै बाहिरिनेछ । यसपटक पुरुष भलिबलमा वरीयता छुट्याउनका लागि कुनै खेल नहुने भएकोले समूह चरणबाट बाहिरिने टोलीहरु सीधै घर फर्कनेछ ।

    सहभागी १९ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार