Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिगमा टोटनह्याम विजयी

    इंग्लिस प्रिमियर लिगमा टोटनह्याम विजयी

    अनलाइन नेपाल
  • शनिबार, ३० मंसिर २०८०
  • 543
    SHARES

    काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हटस्पर विजयी भएको छ ।

    शुक्रबार राति भएको खेलमा टोटनह्यामले नटिङघम फरेस्टलाई २-० गोल अन्तरले पराजित गरेको हो । टोटनह्यामलाई जित दिलाउँदा रिचार्लिसन र डेजन कुलसेभस्कीले एक एक गोल गरेका थिए ।



    जितपछि टोटनह्याम ३३ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहँदा नटिङघम भने १४ अंकका साथ तालिकाको १६ औं स्थानमा छ ।



    प्रिमियर लिग अन्तर्गत शनिबार आज ५ वटा खेल हुने छन् । राति पौने ९ बजे ४ खेल हुँदा सवा ११ बजे एक खेल हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार