Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बर्न्लेलाई हराउँदै लिभरपुल उक्लियो प्रिमियर लिगको शीर्ष स्थानमा

    बर्न्लेलाई हराउँदै लिभरपुल उक्लियो प्रिमियर लिगको शीर्ष स्थानमा

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 441
    SHARES

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्न्लेलाई हराउँदै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

    मंगलबार राति बर्न्लेको मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन डार्विन नुनेज र डिएगो योटाले एक एक गोल गरे ।



    जितसँगै लिभरपुल १९ खेलबाट ४२ अंक बटुल्दै तालिकाका शीर्ष स्थानमा उक्लियो । एक खेल कम खेलेको आर्सनल ४० अंकसहित दोस्रो स्थानमा रहेको छ ।



    मंगलबार राति भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३–२ ले हरायो ।

    गएराति भएका अन्य खेलहरुमा नटिङ्घम फरेष्टले न्युकासल युनाइटेडलाई ३–१ ले हराउँदा बर्नमाउथले फुल्हमलाई ३–० ले तथा लुटन टाउनले शेफिल्ड युनाइटेडलाई ३–२ गोलले हरायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार