Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • इमरान खानलाई झड्का, निर्वाचन आयोगद्वारा उम्मेदवारी अस्वीकृत

    इमरान खानलाई झड्का, निर्वाचन आयोगद्वारा उम्मेदवारी अस्वीकृत

    अनलाइन नेपाल
  • आइतबार, १५ पुष २०८०
  • 399
    SHARES

    एजेन्सी । पाकिस्तानको निर्वाचन आयोगले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानको उम्मेदवारी रद्द गरेको छ ।

    आयोगले पाकिस्तानमा आउँदो फेब्रुअरी ८ तारिखमा हुन लागेको संसदीय चुनावमा उम्मेदवार बन्न खान अयोग्य रहेको उल्लेख गर्दै उम्मेदवारी खारेज गरेको हो ।



    खानसँगै पीटीआईका अन्य उम्मेदवारहरुको पनि उम्मेदवारी अस्वीकृत भएको पीटीआईका कराची अध्यक्ष खुर्रम शेर जमानले ट्वीटरमार्फत् जानकारी दिए ।



    चुनावका लागि उम्मेदवारी दर्ता गर्ने हिजो अन्तिम दिन थियो । इमरान खानको उम्मेदवारी रद्द गरेको विरोधमा अदालत जाने पीटीआईले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार