Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एसियन कपमा अस्ट्रेलियासँग भारतको हार

    एसियन कपमा अस्ट्रेलियासँग भारतको हार

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 666
    SHARES

    एजेन्सी ।  एएफसी एसियन कप फुटबल प्रतियोगितामा भारतमाथि अस्ट्रेलियाले जित निकालेको छ।

    शनिबार कतारको बिन अली रंगशालामा भएको खेलमा अस्ट्रेलियाले भारतलाई २-० गोलले हराएको हो।



    समूह ‘बी’ को यो खेलमा अस्ट्रेलियाले दुवै गोल दोस्रो हाफमा गर्‍यो। अस्ट्रेलियाका लागि ज्याकसन इर्भिनले ५०औं मिनेटमा पहिलो गोल गरे भने जोर्डन बोसले ७३ औं मिनेटमा अग्रता दोब्बर पारे।



    यसअघि शुक्रबार राति भएको उद्घाटन खेलमा आयोजक कतारले लेवनानलाई ३-० गोलले पराजित गरेको थियो।

    प्रतियोगितामा एसियाका २४ देशबीच प्रतिस्पर्धा भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार