Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिज आजबाट

    नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिज आजबाट

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 387
    SHARES

    काठमाडौं । नेपाल र क्यानडाबीच तीन वटा खेलको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ ।

    आज हुने पहिलो खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ ।



    प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघि नै रोहित पौडेलको कप्तानीमा नयाँ खेलाडी समावेश गरेर १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।



    प्रतियोगिताको दोस्रो खेल पर्सि शनिवार र अन्तिम खेल सोमवार हुनेछ ।

    शृङ्खलाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले टिममा नयाँ रहेका खेलाडीहरूका निम्ति यो प्रमाणित गर्ने अवसर भएको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार