Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कांग्रेसले भन्यो – रविलाई प्रधानमन्त्रीको अफर गरेका छैनौं, जिम्मेवार प्रतिपक्षको तयारीमा छौँ

    कांग्रेसले भन्यो – रविलाई प्रधानमन्त्रीको अफर गरेका छैनौं, जिम्मेवार प्रतिपक्षको तयारीमा छौँ

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 672
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको स्पष्ट पारेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेको समाचार सार्वजनिक भएपछि उनले यस्तो बताएका हुन् ।



    केही सञ्चार माध्यमहरूले रास्वपा सभापति लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको समाचार प्रकाशित गरेका थिए ।



    महामन्त्री शर्माले मंगलबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही पत्रकार मित्र सोधिरहनु भएको छ, के कांग्रेसले ‘फलाना’ लाई प्रधानमन्त्री ‘अफर’ गरेको हो ? स्पष्ट गरौं–कसैलाई पनि यस्तो प्रस्ताव गरिएको छैन।’

    उनले नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने पनि स्पष्ट पारे । साथै उनले नयाँ गठबन्धनलाई संविधान रक्षा र जनहितमा कार्य गर्न शुभकामना पनि दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार