Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गृहमन्त्री लामिछानेलाई केकी अधिकारीको खुलापत्र : देशमा सुशासन आउने आशा छ

    गृहमन्त्री लामिछानेलाई केकी अधिकारीको खुलापत्र : देशमा सुशासन आउने आशा छ

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 519
    SHARES

    काठमाडौं । अभिनेत्री केकी अधिकारीले गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय सम्हालेपछि देशमा सुशासन आउने आशा रहेको बताएकी छिन्।

    गृहमन्त्री लामिछानेलाई सामाजिक सञ्जालमार्फत् खुलापत्र लेख्दै अभिनेत्री केकीले यस्तो बताएकी हुन् ।



    केकीले लेखेकी छन्, ‘यही आशा छ, तपाईंले गृह मन्त्रालयको जिम्मेवारी लिइरहँदा हरेक नेपालीले आ–आफ्नो गृहमा सुरक्षित महशुस गर्न सक्नेछन् ।’



    नारी प्रधान चलचित्र ‘बोक्सीको घर’को प्रदर्शन तयारीमा रहेकी केकीले लामिछानेले गृह मन्त्रालय सम्हालेकाले देशमा हरेक महिलाले आफूलाई घर भित्र र बाहिर सुरक्षित पाउने आशा पत्रमा व्यक्त गरेकी छिन् ।

    केकीले गृहमन्त्री लामिछानेलाई लेखेको खुलापत्र :

    प्रिय रवि दाइ,
    तपाईंले गृह मन्त्रालयको जिम्मेवारी लिइरहँदा फेरि मनले एउटा आशा बोकेको छ।
    आशा यो छ कि देशमा सुशासन छाउनेछ ।
    कोही पनि अपराधीहरु छुट्ने छैनन् ।
    कानुनको दायरामा आउनुपर्नेलाई निसंकोच ल्याइनेछ।
    हरेक महिलाले आफूलाई घर भित्र र बाहिर सुरक्षित पाउने छन् ।
    अनि, हरेक इमानदार व्यक्ति निर्धक्क निडर आफ्नो कर्तव्यमा लाग्न सक्नेछन् ।
    यही आशा छ, तपाईंले गृह मन्त्रालयको जिम्मेवारी लिइरहँदा..
    हरेक नेपालीले आ–आफ्नो गृहमा सुरक्षित महशुस गर्न सक्नेछन् ।
    सफल कार्यकालको शुभकामना !!

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार