Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ओमान पुर्‍याएर एक महिलामाथि ३६ दिनसम्म यौनशोषण, राना पक्राउ

    ओमान पुर्‍याएर एक महिलामाथि ३६ दिनसम्म यौनशोषण, राना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 681
    SHARES

    काठमाडौं । ओमानमा पुर्‍याएर जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाको तिनाउ गाउँपालिका–५ का विष्णुबहादुर राना रहेका छन् ।

    नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार प्रारम्भिक अनुसन्धानबाट पीडित महिलाको आर्थिक अवस्था कमजोर रहेको खुलेको छ ।



    उनलाई ओमनमा घरमा बच्चा हेर्ने काममा मासिक ८० देखि ९० हजार रुपैयाँसम्म कमाइ हुने प्रलोभन देखाएर अभियुक्त रानाले भिजिट भिसामा ओमान पठाएका थिए ।



    रानाले ओमनमा आकर्षक तलब हुने र घरेलु काममा पठाइदिने प्रलोभन देखाएर पीडितलाई गएको भदौ २६ गते काठमाडौंबाट भिजिट भिसामा ओमानको मस्कट पुर्‍याएका थिए ।

    पीडित महिलालाई ३६ दिनसम्म कोठामै बन्धक बनाएर यौनशोषणमा लगाएको, नमानेमा कुटपिट गर्ने गरेको, खाना र पानी नदिने तथा एसी चिसो र तातो बनाएर शारीरिक यातना समेत दिने गरेको खुल्न आएको ब्युरोको अनुसन्धानबाट खुलेको छ ।

    जसअनुसार गत कात्तिक २ गते ती पीडित महिला नेपाल फर्किएकी हुन् । नेपाल फर्किएर पीडित महिलाले प्रहरीलाई जाहेरी दिएपछि रानालाई शुक्रबार ब्युरोबाट खटिएको टोलीले उनलाई बालाजुस्थित यरीयाबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका विष्णुबहादुरमाथि पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार