Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्रियसभा उपाध्यक्षबाट अर्यालले दिइन् राजीनामा

    राष्ट्रियसभा उपाध्यक्षबाट अर्यालले दिइन् राजीनामा

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 552
    SHARES

    काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । अर्यालले राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएकी हुन्।

    सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको थियो । सो सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन् ।



    अब राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी हुन् ।



    यसअघि सत्ता गठबन्धनका नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको लिखित सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष पद एमालेले लिने उल्लेख थियो ।

    तर पछि गठबन्धनमा एकीकृत समाजवादी पनि सामेल भएपछि गरिएको नयाँ लिखित सहमति पत्रमा राष्ट्रियसभा उपाध्यक्ष पदबारे केही कुरा उल्लेख गरिएको थिएन ।

    उपाध्यक्ष अर्याल पनि माओवादीबाटै २०७९ माघ २३ गते उपाध्यक्ष बनेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार