Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आयरल्याण्डले नेपाललाई दियो २२३ रनको विशाल लक्ष्य

    आयरल्याण्डले नेपाललाई दियो २२३ रनको विशाल लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 405
    SHARES

    काठमाडौं । आयरल्याण्ड वुल्भ्सले नेपाल ‘ए’लाई जितका लागि २२३ रनको लक्ष्य दिएको छ ।

    त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले नेपालविरूद्ध पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले ५ विकेट गुमाएर २२२ रनको योगफल तयार पारेको हो।



    पहिलो ओभरमै विकेट लिएको नेपालको त्यसपछिका बलिङ कमजोर हुँदा आयरल्याण्डलाई थोरै रनमा रोक्न सकेन।



    नेपाललाई दसौं ओभरमा मात्र दोस्रो विकेट प्राप्त भएको थियो। उक्त ओभरको अन्तिम बलमा सागर ढकालले कारमिचेललाई एलबिडब्लु धरापमा पारेका थिए।

    रमिचेलले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरी ३८ रन बनाएका थिए। त्यसपछि ११ औं ओभरमा तेस्रो विकेटका रूपमा ओपनर पिटर मुर आउट भएका थिए।

    ४९ रन बनाएर खेलिरहेका उनी आरिफ शेखबाट बोल्ड हुँदा अर्धशतक बनाउनबाट चुकेका थिए।

    बलिङमा नेपालका कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । सागर ढकाल र आरिफ शेखले एक-एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार