Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • छोरी चेलीबारे केही बोल्दा आफ्नी जननीलाई मस्तिष्कमा राखेर बोल्नुस्

    कोमल वलीको पक्षमा बोल्दै करिश्माले भनिन् – सेतै फुलेका बुज्रुकप्रति दया लाग्यो

    कोमल वलीको पक्षमा बोल्दै करिश्माले भनिन् – सेतै फुलेका बुज्रुकप्रति दया लाग्यो

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 3.9K
    SHARES

    काठमाडौँ। अभिनेत्री करिश्मा मानन्धरले नेकपा प्रचण्ड(माधव समूहका नेता रघुजी पन्तको अभिव्यक्तिमा आपत्ति जनाएकी छन्।

    पन्तले गत शनिबार एक कार्यक्रममा बोल्दै ‘कोमल वलीले सारी सरक्क सर्काएर गोरा पिडुंला देखाउँदै पोइला जान पाम भनेपछि सांसद बनेको’ अभिव्यक्तिको चर्को आलोचना भइरहेका बेला अभिनेत्री मानन्धरले पनि विरोध जनाएकी हुन् ।



    मानन्धरले सामाजिक सञ्जालमार्फत् लेख्दै भनेकी छिन्,‘ठूला ठूला विचार बोक्छु भन्ने दावी गरेका, ठूला ठूला नाम भएका हाम्रा राजनीतिक अभिभावकहरुको एक अर्को प्रति टिप्पणी र प्रतिकार गर्ने शब्द चयन देखेर आश्चर्यमा परे। ‘



    उनले भनिन्, ‘घोचपेच र ठट्यौलीको अभिव्यक्ति हो कि भन्ने भान पनि भान हुन्थ्यो। अब त हुँदा हुँदा शब्दमा अपराधिक मानसिकता पनि देखिन थाल्यो। त्यो अभिव्यक्ति सुन्दा पनि त्यो स्तरको संकीर्ण सोच र तुच्छ भावना बोकेको देखेर सेतै फुलेका बुज्रुकप्रति दया पनि लाग्यो।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार