Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गृहमन्त्री बादल र विप्लवबीच भेटवार्ता

    गृहमन्त्री बादल र विप्लवबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शनिबार, २२ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’बीच भेटवार्ता भएको छ ।

    शनिबार बिहान पुल्चोकस्थित् मन्त्रीक्वार्टरमा बादल र विप्लवबीच एक घण्टा भेटवार्ता भएको हो । भेटवार्तामा राजनीतिक विषयमा केन्द्रित रहेर कुराकानी भएको बताईएको छ ।



    सरकारसंगको तीनबुँदे सहमतिसँगै विप्लव हिजोमात्रै सार्वजनिक भएका हुन् ।



    शुक्रबार राष्ट्रियसभागृहमा सरकार र विप्लवबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

    उक्त तीन बुँदे सहमतिको तीन नम्बर बुँदामा मुद्दा फिर्ता र बन्दीहरुलाई रिहाइ गर्ने सहमति छ । त्यही सहमति कार्यान्वयनको लागि अविलम्ब प्रक्रिया अघि बढाउन विप्लवले गृहमन्त्री बादलसमक्ष आग्रह गरेको स्रोतको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार