Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • अर्जेन्टिना र उरुग्वे कोपा अमेरिकाको क्वाटरफाइनलमा

    अर्जेन्टिना र उरुग्वे कोपा अमेरिकाको क्वाटरफाइनलमा

    अनलाइन नेपाल
  • मंगलबार, १५ असार २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । अर्जेन्टिना र उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

    बोलिभियालाई ४–१ गोलले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गरेको हो । जितसँगै अर्जेन्टिनाले ४ खेलबाट १० अङ्क बनाएको छ ।



    बोलिभिया भने कुनै पनि खेल नजिति प्रतियोगिताबाट नतिजा बाहिरिएको छ । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले २ गोल गरे भने एलेजेन्ड्रो गोमेज र लाउटारो मार्टिनेजले एक एक गोल गरे ।



    कोपा अमेरिकाअन्तर्गत अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० गोलले पराजित गरेको छ ।

    जितसँगै उरुग्वे दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो । उरुग्वेका लागि इडिसन काभानीले २१ औं मिनेटमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्न पुग्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार