Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • काठमाडौँबाट ‘मेड इन यूएसए’ लेखेको पेस्तोलसहित १ जना पक्राउ

    काठमाडौँबाट ‘मेड इन यूएसए’ लेखेको पेस्तोलसहित १ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । काठमाडौँको कत्यानी चोकबाट प्रहरीले पेस्तोलसहित १ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जिल्ला धनुषा उपमहानगरपालिका-२ विधानगर टोल घर भई काठमाडौँ बसुन्धारा बस्ने ३१ बर्षीय जय प्रकाश महतो रहेका छन्।



    विशेष सूचनाको आधारमा गत असार २३ गते महानगरीय प्रहरी कार्यालय रानिपोखरी र प्रहरी वृत्त वानेश्वरबाट खटिएको प्रहरीको बिशेष टोलीले महतोलाई कत्यानी चोकको फुटपाथबाट पक्राउ गरेको हो।



    प्रहरीका अनुसार पक्राउ परेका महतो शंकास्पद गतिविधीमा हिडिरहेको र शंका लागेर चेकजाँच गर्दा झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा ‘मेड इन युएसए’ लेखेको म्याग्जिनसहितको १ थान पेस्तोल फेला पारेको हो।

    पक्राउ परेका महतोलाई वृत्त वानेश्वरवाट थप अनुसन्धानको लागी जिल्ला अदालत ववरमहलबाट दिन ७ (सात) म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार