Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • मुटु काँप्ने अपराध : १७ जनाले ४ दिनसम्म गरे बालिकाको सामूहिक बलात्कार

    मुटु काँप्ने अपराध : १७ जनाले ४ दिनसम्म गरे बालिकाको सामूहिक बलात्कार

    अनलाइन नेपाल
  • शुक्रबार, १९ कार्तिक २०७८
  • 3.5K
    SHARES

    एजेन्सी । काजाकिस्तानमा एक १७ वर्षीय किशोरीको अपरहण गरी सामूहिक बलात्कार भएको छ। क्याब ड्राइभर ती किशोरीलाई झुक्याएर अञ्जान ठाउँमा लगेका थिए जहाँ उनका साथीहरुले किशोरीको सामूहिक बलात्कार गरेका थिए।

    डेली मेलका अनुसार माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा थिइन्। १७ जनाले उनको पटकपटक बलात्कार गरेको र कुटपिट गरेको त्यहाँको प्रहरीले जानकारी दिएको छ। पीडितले रोक्न खोज्दा उनलाई जदीमा डुबाएर मार्ने धम्की दिएको पनि खुलासा भएको छ।



    पीडित किशोरीका अनुसार उनी सामान किनेर बजारबाट घर जाँदै थिइन्। त्यसबेला उनलाई क्याब ड्राइभर धोका दिएर नसालु पदार्थ मिलाएका थिए। उनको होस आउँदा उनी अञ्जान नदी किनारमा पुगेकी थिइन् र उनको शरिरमा कुनै कपडा थिएन। उनको वरीपरी पुरुष नै पुरुष थिए।



    शुरुमा उनलाई नदी किनारमा बलात्कार गरे। त्यसपछि एक घरमा लगे। त्यहाँ पनि बलात्कार गरे। अन्य साथीहरुलाई पनि फोन गरीगरी बोलाएर बलात्कार गरिएको पाइएको छ।

    घटनामा हालसम्म कोही पनि पक्राउ परेको छैन। त्यहाँको प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ। अपराधीलाई छिटोभन्दा छिटो पक्राउ गर्ने आश्वासन पीडितलाई दिइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार