Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • श्रीलङ्काका पूर्व राष्ट्रपति राजपाक्षलाई युद्ध अपराध अभियोग लगाउन माग

    श्रीलङ्काका पूर्व राष्ट्रपति राजपाक्षलाई युद्ध अपराध अभियोग लगाउन माग

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । श्रीलङ्काको दशकौं लामो गृहयुद्धका क्रममा मानवताविरुद्ध अपराध गरेको आरोपमा पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षविरूद्ध अभियोग दर्ता गर्न एक अन्तर्राष्ट्रिय मानवअधिकार समूहले सिंगापुरसँग औपचारिक रूपमा आग्रह गरेको अधिकारीहरूले सोमबार बताएका छन् ।

    द्वीप राष्ट्रको पीडादायी आर्थिक संकटबाट क्रोधित हजारौं प्रदर्शनकारीहरूले उनको आधिकारिक निवासमा आक्रमण गरेपछि राजपाक्ष यसै महिनाको सुरुमा मालदिभ्स हुँदै सिङ्गापुर पुगी निर्वासित जीवन बिताइरहेका छन् ।



    प्रदर्शनकारीले राष्ट्रपतिको निवासमा प्रवेश गरेपछि सेनाको सहयोगमा सैनिक विमानमा माल्दिभ्स हुँदै सिंगापुर पुगी राजीनामा दिएका थिए ।



    सन् २००९ मा देशको तमिल पृथकवादी समूहसँगको द्वन्द्व रक्तपातपूर्ण रूपमा अन्त्य हुँदा उनका भाइ महिन्दा राजपाक्ष राष्ट्रपतिथिए भने गोटवाय श्रीलङ्काको रक्षा मन्त्रालय सम्हालेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार