Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • घरायसी विवाद : लोहोरोले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

    घरायसी विवाद : लोहोरोले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

    अनलाइन नेपाल
  • शनिबार, ८ असोज २०७९
  • 822
    SHARES

    फाइल तस्विर

    अर्घाखाँची । अर्घाखाँचीमा लोहोरोले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

    जिल्लाको शितगंगा नगरपालिका-३, ठाडाका ५४ वर्षीय पिताम्बर भुसालले घरायसी विवादका कारण मसाला पिस्न प्रयोग हुने लोहोरो हानेर ५० वर्षीया श्रीमती मनकलाको हत्या गरेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार प्रारम्भिक अनुसन्धानबाट घरमा पटक पटक झगडा हुने गरेको पाइएको छ ।



    पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाएको बताइएको छ । मनकलाको घटनास्थलमै मृत्यु भएको थियो ।

    मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार