Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सलाहको कीर्तिमानी ह्याट्रिकमा लिभरपुलको सानदार जित

    सलाहको कीर्तिमानी ह्याट्रिकमा लिभरपुलको सानदार जित

    अनलाइन नेपाल
  • बिहिबार, २७ असोज २०७९
  • 735
    SHARES

    एजेन्सी । मोहम्मद सलाहको कीर्तिमानी ह्याट्रिकमा इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा सानदार जित निकालेको छ ।

    लिभरपुलले स्कटिस क्लब रेन्जर्समाथि उसकै मैदानमा ७–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो ।



    लिभरपुलको जितमा सलाहले ह्याट्रिक पूरा गर्दा रोबर्टो फिर्मिनोले दुई तथा डार्विन नुनेज र हार्भे इलिओटले समान एक गोल गरे। घरेलु टोलीका स्कट अर्फिल्डको गोल सान्त्वना बन्यो ।



    यससँगै लिभरपुलले माथिल्लो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ।

    समूह ए को दोस्रो स्थानमा रहेको लिभरपुलले ४ खेलबाट ९ अंक हात पारेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार