Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा फैसला सुनाउँदै सर्वोच्च

    गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा फैसला सुनाउँदै सर्वोच्च

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 579
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा आजै फैसला सुनाउने तयारी गरेको छ ।

    शुक्रबार नै गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा पक्ष र विपक्षमा बहस सकिएसँगै फैसला सुनाउने तयारी भएको हो ।



    कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो ।



    अमेरिकी नागरिकता र पासपोर्ट प्राप्त गरेसँगै नेपाली नागरिकता स्वतः बदर हुनेमा लामिछानेले नेपाल फर्केर दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेदवार बन्दा पुरानै नागरिकता प्रयोग गरेको उनीमाथि आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार