Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन : लिङ्ग वा समुदायबारे फरक मत

    राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन : लिङ्ग वा समुदायबारे फरक मत

    अनलाइन नेपाल
  • सोमबार, २२ फाल्गुन २०७९
  • 678
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति पदमा समानुपातिक समावेशी प्रतिनिधित्वबारे गरिएको संवैधानिक व्यवस्थालाई लिएर अन्योल देखिएको छ । संवैधानिक व्यवस्थालाई लिएर राजनीतिक दल र संविधान एवं कानुनका जानकारबीच नै फरक धारणा रहेको छ ।

    नेपालको संविधानको धारा ७० ले ‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुने’ व्यवस्था गरेको छ । राष्ट्रपति पदमा पुुरुष उम्मेदवार निर्वाचित भए उपराष्ट्रपति पदमा महिला वा फरक समुदायका पुरुष उम्मेदवार हुनुपर्ने राजनीतिक दलको बुझाइ छ ।



    राष्ट्रपति पदको निर्वाचनमा दुवै जना पुरुष उम्मेदवार हुनुहुन्छ । निर्वाचनबाट राष्ट्रपति पदमा पुरुष नै निर्वाचित हुने सुनिश्चित भइसकेको अवस्थामा उपराष्ट्रपति पदको उम्मेदवारबारे विवाद देखिएको छ । संविधानबमोजिम उपराष्ट्रपति पदमा फरक समुदायको पुरुष उम्मेदवार नै भए हुने राजनीतिक दलको बुझाइ छ तर संविधानविद् डा. विपिन अधिकारीले राष्ट्रपति पदमा पुुरुष उम्मेदवार निर्वाचित भए उपराष्ट्रपति पदमा महिला हुनैपर्ने बताउँछन् ।



    उनी भन्छन्, “राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवार दुवै जना समुदाय र लिङ्गका हिसाबले पनि फरक–फरक हुन्छन् ।” संविधानमा ‘र’ या ‘वा’ प्रयोग भयो भन्नेमा अलमलिन नहुने उनले बताए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार