Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पाँच वर्षीय बालिका बलात्कार गर्ने बाबु र मामालाई जेल सजाय

    पाँच वर्षीय बालिका बलात्कार गर्ने बाबु र मामालाई जेल सजाय

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 921
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पाँच वर्षीय बालिकालाई बारम्बार बलात्कार गरेको आरोपमा आफ्नै बुवा र मामालाई ८४ वर्षको जेल सजाय सुनाएको छ ।

    केरलाको देवीकुलम पोक्सो फास्ट ट्र्याक अदालतका न्यायाधीश रविचन्द्र सीआरले दुवै दोषीलाई यौन अपराधबाट बालबालिकाको संरक्षण ऐन (पोक्सो), भारतीय दण्ड संहिता र बाल न्याय ऐन अन्तर्गतको कानुन अनुसार कुल ८४ वर्षको जेल सजाय सुनाएका हुन् ।



    विशेष अदालतले कैद बाहेक तीन÷तीन लाख जरिवाना समेत गरेको छ भने जरिवाना रकम पीडितलाई दिन निर्देशन दिइएको बताइएको छ । पीडितलाई क्षतिपूर्ति दिन जिल्ला कानुन सेवा प्राधिकरणलाई पनि अदालतले निर्देशन दिएको छ ।



    पीडित युवतीलाई २०२१ मा घरमा बाबु र मामाले पटक–पटक बलात्कृत गरेको र पछिल्लो बलात्कारको घटना २०२१ डिसेम्बर २४ गते बालिकाकी आमाले थाहा पाए पछि बाल कल्याण समितिमा उजुरी गरेकी थिइन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार