Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सशस्त्रमा २ प्रदेशका डीआईजी सरुवा हुँदै, बागमतीमा जान ठाडामगरको दौडधूप

    सशस्त्रमा २ प्रदेशका डीआईजी सरुवा हुँदै, बागमतीमा जान ठाडामगरको दौडधूप

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 6K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीपछि सशस्त्र प्रहरी बलमा डीआईजी सरुवा हुँदैछ । सशस्त्र प्रहरी बलमा बागमती र कर्णाली प्रदेशका डीआईजीको १६ महिना अवधि पुगिसकेको छ ।

    बागमती प्रदेशको गढीमाई बाहिनीमा डीआईजी लक्ष्मणबहादुर सिंह १६ महिनादेखि कार्यरत छन् । कर्णाली प्रदेशको महेश्वरी बाहिनीका डीआईजी प्रदीप पालको पनि १६ महिना अवधि भइसकेको छ ।



    एक बर्षमा हुनुपर्ने डीआईजी सरुवा १६ महिनादेखि हुनसकेको छैन । मधेश प्रदेशमा १८ महिना डीआईजी भएर १ बर्षअघि मात्र सरुवा भएका गणेश ठाडामगर बागमती प्रदेशमा सरुवा हुन नेताहरुको घर घरमा धाइरहेका छन् ।



    माओवादी नेता बर्षमान पुन, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनमार्फत् उनले बागमतीमा डीआईजी हुन चलखेल गरिरहेका छन् । कर्णाली, सुदूरपश्चिम, गण्डकी प्रदेशमा बसिसकेका डीआईजीहरुले बागमती वा मधेशमा जाने चाहना राख्नु स्वभाविकरुपमा लिन सकिन्छ ।

    मधेश प्रदेशमा १८ महिना बसेका डीआईजी गणेश ठाडामगर बागमतीमा सरुवा हुन सबै तारतम्य मिलाइसकेका छन् । ठाडामगर मधेश प्रदेशको डीआईजी हुँदा इमाम मियाँ ठकुराई, नन्दलाल यादव, राजीव यादव, आत्माराम पटेललाई सादा पोशाकमा घुमुवा खटाएर तस्करहरुबाट अकूत लाभ लिएको आरोप लागेको थियो ।

    १६ बर्षदेखि मधेश प्रदेशमा घुमुवा बसेका इमाम १ बर्षअघि इलामको श्रीअन्तु गुल्ममा सरुवा भए पनि अझै हाजिर हुन गएका छैनन् । उनी नक्कली बिरामीका रुपमा सशस्त्रको अस्पताल बलम्बुमा काजमा छन् ।

    तर तिनै ठाडामगरको योजनामा उनी मधेश प्रदेशको अनुगमनमा खटिन पुगेका छन् । विगतमा ८ वटै जिल्लामा तस्करीको संजाल र ट्रान्सपोर्टहरुसँग लाइन मिलाएका इमामले ठाडामगरलाई बागमतीमा डीआईजी बनाएर विगतमा मधेशमा जस्तै सेटिङ मिलाउनेगरी तारतम्य मिलाउन थालेका छन् ।

    अस्पतालमा बिरामी भनेर काजमा बसेका इमाम जस्ता अनुशासनहीन सशस्त्र प्रहरीलाई दरबन्दीमा पठाउन संगठनले नसकेकाले उनी अहिले पनि पर्सामा तस्करहरुसँग कनेक्सन मिलाउन तल्लीन छन् ।

    एसपी भानुभक्त लम्सालको अनुगमन टोलीमा खटिएका इमाम तस्करहरुसँगै सेटिङमा मग्न रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार