Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नामिबियाविरूद्ध कप्तान पौडेलले लिए तेस्रो विकेट

    नामिबियाविरूद्ध कप्तान पौडेलले लिए तेस्रो विकेट

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 384
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालका कप्तान रोहित पौडेलले नामिबियाको तेस्रो विकेट लिएका छन्।

    उनले नामिबियाका जन फ्रिलिंक्सलाई विकेटकिपर आसिफ शेखबाट आउट गराएका हुन्। खेलमा उनको यो दोस्रो विकेट हो।



    यसअघि रोहितले जेपी कोट्जको विकेट लिएका थिए। उनको बलमा विवेककुमार यादवले उत्कृष्ट क्याच गरेका हुन्।



    नेपालका करन केसीले नामिबियाको पहिलो विकेट लिएका थिए। उनले पावर प्लेको अन्तिम बलमा विकेट लिएका हुन्।

    करनले नामिबियाका मिचेल भान लिंगेनलाई आउट गरेका हुन्। करनको बलमा गुलसन झाले क्याच लिएका थिए।

    मिचेल १९ बल खेल्दै २० रन बनाएर आउट भए। नामिबिया १३ ओभरमा १०५ रन बनाएर खेलिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार