Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सुनील सेट्टी महँगो भएपछि अनमोलको फिल्ममा सोनु सुदलाई अफर, कति लिन्छन् पारिश्रमिक ?

    सुनील सेट्टी महँगो भएपछि अनमोलको फिल्ममा सोनु सुदलाई अफर, कति लिन्छन् पारिश्रमिक ?

    अनलाइन नेपाल
  • शनिबार, ३० साउन २०७८
  • 4.7K
    SHARES

    काठमाडौं – नेपाली फिल्म ‘एक्स नाइन’मा अभिनय गर्न भारतीय अभिनेता सुनिल सेट्टीलाई अफर गरिएको थियो। निर्देशक मुकुन्द भट्टले बनाउन लागेको उक्त चलचित्रमा भारतीय अभिनेतालाई भित्र्याउने चाहना पुरा हुन नसक्ने भएको छ।

    यो चलचित्रका लागि खलपात्रको रुपमा बलिउड नायक सुनिल सेट्टीलाई अफर गरिएको थियो। निर्देशक भट्टले पनि सुनिलसँग कागजी सम्झौता मात्र हुन बाँकी रहेको जानकारी मिडियालाई दिएका थिए। तर, सुनिलले यो चलचित्रका लागि १ करोड भारतीय रुपैयाँ पारिश्रमिक मागेका छन्।



    सुनिलले १ करोड ६० लाख रुपैयाँ माग गरेपछि यसको टिमले अर्का बलिउड कलाकार सोनु सुदलाई पनि अफर गरेको छ। सोनुले सुनिलले भन्दा आधा रकम माग गरेको बताइएको छ। महँगो पारिश्रमिक मागेपछि सुनिल सेट्टीको सट्टा सोनु सुद फिल्ममा आबद्ध हुने सम्भावना बढेको छ।



    महंगो बजेटमा निर्माण गर्न लागिएको एक्सन केन्द्रित यो चलचित्रमा नायक अनमोल केसी र सौगात मल्ल फाइनल भैसकेका छन्। यो चलचित्रका लागि अनमोलले महंगो पारिश्रमिक लिएको बताइएको छ। जनवरी महिनाबाट छायांकन सुरु गरिने यो चलचित्रलाई नेपालसँगै यूरोपमा विभिन्न देशमा खिचिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार