Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बलात्कारका आरोपीलाई ६ महिनासम्म गाउँका सबै महिलाको कपडा निःशुल्क धोइदिन आदेश

    बलात्कारका आरोपीलाई ६ महिनासम्म गाउँका सबै महिलाको कपडा निःशुल्क धोइदिन आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असोज २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । संसार विचित्रकोे छ अनि मानिसहरु पनि। त्यसकारण विश्वमा विचिधका घटनाहरु भइरहन्छन्। यसलाई सामान्य रुपमा लिनुपर्दछ।

    भारतको बिहार राज्यको मधुबनी जिल्ला अदालतमा रहेका न्यायाधीश पनि यस्तै छन्। उनको फैसलाबारे विश्वभर चर्चा हुने गरेको पाइन्छ। हालै उनले सुनाएको एक फैसला फेरि चर्चामा आएको छ।उक्त अदालतले बलात्कारका आरोपीलाई ६ महिनासम्म महिलाको कपडा निःशुल्क धोइदिन र आइरन गरिदिन आदेश दिएको छ। आरोपी पेशाले धोबी हुन्।



    झंझरपुर अदालतका एडिजे अविनाश कुमार प्रथमले आरोपी ललन कुमार साफीलाई यस्तो विचित्र शर्तमा जमानतमा रिहा गरेको बताइएको छ।



    २० वर्षका ललन कुमारलाई १७ अप्रिलमा एक महिलासँग अभद्र व्यवहार र बलात्कार गरेको आरोप लगाइएको थियो। अदालतले बलात्कार नभएपनि महिलामाथि अभद्र व्यवहार गरेको आधारमा यस्तो फैसला गरेको हो। १९ अप्रिलमा उनलाई पक्राउ गरिएको थियो। यो मुद्दामा चार्जशिट दर्ता भइसकेको छ। दुवै पक्षमा सम्झौता पनि भइसकेको छ।

    अदालतमा आरोपी ललनका वकिलले क्लाइन्टले आफ्नो पेशाको माध्यमबाट समाजसेवा गर्न चाहेको बताएका थिए। त्यसपछि अदालतले ललन कुमारलाई यस्तो सजाय सुनाएको हो।

    हिन्दूस्तान टाइम्सका अनुसार अदालतले ललन कुमारलाई ६ महिनासम्म गाउँका सबै महिलाको कपडा निःशुल्क धुने र आइरन गर्ने शर्तमा जमानतमा रिहा गरेको छ। अदालतले ६ महिनापछि आरोपीले गाउँका मुखिया, सरपंच वा सरकारी अधिकारीबाट आफूले तोकिएको अवधि शर्तअनुसार काम गरेको प्रमाण पत्र लिएर त्यो प्रमाण पत्र अदालतमा पेश गर्नुपर्ने पनि जानकारी दिएको छ।

    आरोपीले शर्तको पालना गरेको निगरानी गर्नको लागि गाउँका सरपंच वा मुखियालाई पत्र पनि पठाइएको छ। एडिजे अविनाश कुमार आफ्ना अनौठा फैसलाको लागि परिचित छन्।

    गएको अप्रिलमा एक शिक्षकले कोरोनाकालमा स्कुल खोलेका थिए। ती शिक्षकलाई ५ जना गरिब बालबालिकालाई १ कक्षादेखि ५ कक्षासम्म ३ महिनासम्म निःशुल्क पढाउने शर्तमा जमानत दिइएको थियो।

    यसबाहेक अर्का एक आरोपीलाई उनले आफ्नो घर वरिपरीका नाली सफा गर्न आदेश दिएका थिए। त्यस्तै एक डकर्मीलाई उनले मन्दिरमा एक महिनासम्म राजमिस्त्रीको काम गर्ने शर्तमा जमानत दिएका थिए भने अन्य २ आरोपीलाई बाढीपीडितहरुलाई निःशुल्क दाल दिने शर्तमा जमानत दिएका थिए। उनको फैसल गर्ने शैलीलाई विश्वभर अनौठो मानिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार