Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बैशाखमा बिहे गर्दै रेखा थापा

    बैशाखमा बिहे गर्दै रेखा थापा

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 3.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली फिल्म क्षेत्रकी अभिनेत्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ रेखा थापाले दोस्रो विवाह गर्ने भएकी छिन् ।

    रेखाले आगामी वैशाख महिनाभित्र विवाह गर्ने तयारी गरेको उनी निकटका आफन्तले जनाएका छन् ।



    आफन्तहरुका अनुसार रेखाले अमेरिकामा बस्ने ठकुरी थरका एक व्यक्तिसँग विवाह गर्न लागेकी हुन् ।



    एक टेलिभजनका अनुसार रेखाको विवाहका लागि अमेरिकामा रहेका ठकुरी थरका व्यक्तिलाई रेखाकी दिदी तारा राणाले खोजी दिएकी हुन्।

    छविराज ओझासँग पहिलो विवाह गरेकी रेखाले केही वर्षको वैवाहिक जीवनपछि सम्बन्ध विच्छेद गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार