Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सिमान्त गुरुङकै कारण सलमान खानको कार्यक्रम फेरि विवादमा, शंकाको घेरामा मन्त्री आले

    सिमान्त गुरुङकै कारण सलमान खानको कार्यक्रम फेरि विवादमा, शंकाको घेरामा मन्त्री आले

    अनलाइन नेपाल
  • सोमबार, १४ चैत्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । २०७५ सालमा सलमान खानलाई नेपाल ल्याएर कार्यक्रम देखाउने भन्दै चार करोड ठगीको आरोपमा पक्राउ परेर कारबाही भाेगेका सिमान्त गुरुङ अहिले फेरि उनै सलमान खानलाई नेपाल ल्याउन सक्रिय भएर लागेका छन् । पर्यटन मन्त्री प्रेम आलेलाई साक्षी राखेर उनले सलमान खानलाई आउँदो जेठ १४ गते ‘दबङ द टुर रिलोडेड’ नामक कन्सर्टका लागि नेपाल ल्याउने पक्का पक्की गरिसकेका छन् ।

    आयोजक ओडीसी इन्टरनेटमेन्टका अनुसार भारतीय अभिनेता खानसँगै करिब १०० जनाको टोली नेपाल आउँदैछ । उनीहरुमध्ये नौ जना सेलिब्रिटी हुन् भने अन्य ब्याक डान्सर र वाद्यवाधकहरु हुन् । सलमानको टोलीमा ज्याकलिन फर्नान्डिस, सोनाक्षी सिन्हा, प्रभू देवा, गुरु रान्धवा, सहीद मन्जेरकर, मनिष पल, कमाल खानलगायत रहेका छन् ।



    काठमाडौंको दशरथ रंगशालामा गर्ने भनिएको उक्त कार्यक्रमका लागि गुरुङको कम्पनी ओडीसी इन्टरनेटमेन्टले टिकटको मूल्य न्यूनतम पाँच हजारदेखि २५ हजार रुपैयाँको राखिएको जनाएको छ। ठगीको आरोपमा पक्राउ परि छुटेका गुरुङ सलमान खानलाई नेपाल ल्याएर अहिले २५ करोड कमाउने ध्याउन्नमा छन् ।



    भारतीय अभिनेता खानलाई नेपाल ल्याएर कराडौं कमाउन खोजेका गुरुङ २०७५ असार २९ गते पक्राउ परेका थिए । एआईजीमा बढुवा सिफारिस भएका सिआईबी प्रमुख डिआईजी धीरजप्रताप सिंह महानगरिय अपराध महाशाखा प्रमुख हुँदा गुरुङ पक्राउ परेका थिए । तर, अहिले उनी २०७५ सालमा भएको घाटालाई पूर्ति गर्नका लागि टिकटको मूल्य बढी राखेर २५ करोड भन्दा बढी कमाउने लक्ष्यका साथ हिंडिरहेका छन् ।

    कन्सर्टका लागि टिकटको मूल्य २५ हजार रुपैयाँसम्म लिने बताएको आयोजकले ३० हजार दर्शकले टिकट काट्ने अनुमान गरेको छ टिकट विक्रीबाट मात्रै ३०–३५ करोड रुपैयाँ उठाउने लक्ष्य राखेका गुरुङले ८–१० करोड रुपैयाँ प्रयोजकहरुबाट उठाउने लक्ष्य लिएका छन् ।

    ४० देखि ४५ करोडसम्म रकम उठाउने दाउमा लागेको ओडिसीले १८ करोडमात्रै खर्च हुने अनुमान गरेको छ । यसरी २५ करोडसम्म कमाउने लक्ष्य लिएर हिंडेका गुरुङलाई यो पटक पनि सलमान खान नेपाल ल्याउन त्यति सहज भने छैन ।

    उक्त कार्यक्रमका लागि संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले भित्र भित्रै गुरुङसँग मिलेर सहयोगको नाममा सरकारी पैसाको दुरुपयोग गर्ने खतरा बढेको छ । तर, पर्यटन सचिव महेश्वर न्यौपानेले भने अहिले नै यो कार्यक्रमका लागि ओडीसीलाई आर्थिक सहयोग गर्नु भन्दा पनि प्राविधिक सहयोग मात्र गर्ने प्रस्ताव मन्त्री आलेसँग राखेकाे स्राेत बताउँछ ।

    स्रोतका अनुसार गुरुङलाई ठूलो रकम पर्यटन मन्त्रालयबाट छुट्याउन लगाई मन्त्री आलेले भित्रभित्रै कमिसनको ताकेता गरिरहेका छन् ।

    तर, सलमान खानलाई नेपाल ल्याउने उक्त कार्यक्रमकाे विराेध शुरू भइसकेकाे छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले उक्त कार्यक्रमको विरोध जनाइ सकेको छ भने मालेमाका लागि विश्व मञ्चले पनि विरोध जनाइसकेको छ । पार्टीनिकट जनसांस्कृतिक संगठनका महासचिव खेम थपलियाले ‘एक पटक सोच्दा राम्रो हुने’ भन्दै धम्मीपूर्ण शैलीमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखिसकेको छन् ।

    उनले चैत १० गते विहिबार फेसबुकमा ‘भारतीय सांस्कृतिक साम्राज्यवादका विरुद्ध फेरि पनि एकपटक लडाइँ लड्नुपर्ने भो भारतीय कलाकार सलमानहरूले फेरि एकपटक सोच्दा राम्रो ।’ भन्दै धम्कीपूर्ण स्टाटस लेखेका हुन् ।

    मालेमाका लागि विश्व मञ्चले एक विज्ञप्ति जारी गर्दै खानलाई नेपाल ल्याउने कार्यक्रमको विरोध गरेको हो । अध्यक्ष लोकेश विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘नेपाली कलाकारलाई नेपाली जनताबाट अलग गर्ने भित्री उद्देश्यले ठूलो तामझाम सहित भारतीय कलाकार काठमाडौं ल्याउन लागिएको विषय भत्र्सनायोग्य नै छ । यो कार्यक्रमले सिंगो नेपापली कला क्षेत्रलाई अपमान र निरुत्साहित गर्ने निश्चित छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार