Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • म कुनै एक पार्टीको होइन सबै पार्टीको हूँ : दीपकराज गिरी

    म कुनै एक पार्टीको होइन सबै पार्टीको हूँ : दीपकराज गिरी

    अनलाइन नेपाल
  • शनिबार, १९ चैत्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा प्रवेश नगरेको बताएका छन् ।

    गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको हेडलाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज आएर हैरान भएपछि उनले आफू कुनै पनि पार्टीमा नलागेको जानकारी गराएका हुन् ।



    शुक्रबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गिरी माओवादीमा प्रवेश भनेको हेडलाइन मात्रै हेरेर फोन र म्यासेज आएर हैरान परेको उनले लेखेका छन् ।



    उनले लेखेका छन्-‘दीपकराज गिरी माओबादीमा प्रबेश भनेको हेडलाइन मात्रै हेरेर फ़ोन र म्यासेज आएर हैरान…म कहि गा छैन म कुनै एक पार्टीको होइन सबै पार्टीको हूँ ।’

    केही समय अघि उनले माओवादीको पक्षमा एक स्टाटस लेखेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार