Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सलमान खानलाई आत्मरक्षाका लागि बन्दुक राख्ने अनुमति

    सलमान खानलाई आत्मरक्षाका लागि बन्दुक राख्ने अनुमति

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 918
    SHARES

    एजेन्सी । सलमान खानले मुम्बई प्रहरीबाट हतियार राख्ने अनुमति पाएका छन् ।

    मर्निङ वाकमा निस्कनुअघि उनका पिता सलिम र सलमानले ज्यान मार्ने धम्कीसहितको पत्र भेटेपछि असुरक्षा महसुस गरेका भन्दै सलमानले प्रहरी आयुक्तसँग सहयोग मागेका थिए ।



    लाइसेन्सको लागि प्रहरीलाई अनुरोध गरेपछि प्रहरीले हतियार लाइसेन्स प्रदान गर्नुअघि सलमानलाई दिइएको भनिएको सुरक्षा चुनौतीबारे अनुसन्धान गरेको थियो । लरेन्स बिस्नोइ र उनको ग्याङबाट सलमानलाई सुरक्षा चुनौती थपिएपछि उनी बन्दुक राख्ने निधोमा पुगेका हुन् ।



    खान परिवारलाई धम्की दिइएको यो पहिलोपटक भने होइन । सलिम खान जगिङमा निस्कने बेला उनलाई पनि मुसेवालाकै जस्तो हालत बनाइदिने लेखिएको चिठी भेटिएको थियो । धम्की आएपछि सलमानले तत्कालै मुम्बई प्रहरीलाई खबर गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार