Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिग : लिभरपुलमाथि ब्राइटनको सानदार जित

    इंग्लिस प्रिमियर लिग : लिभरपुलमाथि ब्राइटनको सानदार जित

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 471
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । गएराति भएको खेलमा लिभरपुललाई ब्राइटनले ३–० गोलले पराजित गरेको हो ।

    ब्राइटनको जितमा सोली मार्चले दुई गोल गरे । ड्यानी वेल्बेकले एक गोल थपे । जितसँगै ब्राइटनले १८ खेलमा ३० अङ्क जोडेको छ । ब्राइटन सातौँ स्थानमा छ । लिभरपुल १८ खेलमा २८ अङ्कका साथ नवौँ स्थानमा छ ।



    प्रिमियर लिगका अरु खेलमा साउथह्याम्पटनले एभर्टनलाई २–१ गोलले, नटिङ्घम फरेस्टले लेस्टर सिटीलाई २–० गोलले, उल्भ्सले वेस्ट ह्यामलाई १–० गोलले तथा ब्रेन्टफोर्डले बर्नमाउथलाई २–० गोलले हराएको छ ।



    प्रिमियर लिगमा आर्सनल १७ खेलमा ४४ अङ्ककासाथ शीर्ष स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार