Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • शीर्षस्थानको आर्सनल बराबरीमा रोकियो

    शीर्षस्थानको आर्सनल बराबरीमा रोकियो

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 546
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल ब्रेन्टफोर्डसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा आर्सनल र ब्रेन्टफोर्डले बराबर १–१ गोल गरेका हुन् ।

    घरेलु मैदानमा आर्सनलका तर्फबाट लिन्द्रो ट्रोसार्डले गोल गरे । यस्तै ब्रेन्टफोर्डको तर्फबाट इभान टोनीले गोल गरे । यस बराबरीसँगै आर्सनलले २१ खेलमा ५१ अङ्क जोडेको छ । आर्सनल शीर्ष स्थानमा यथावत् छ ।



    गएराति नै भएको अर्को खेलमा चेल्सी पनि बराबरीमा रोकिएको छ । चेल्सीलाई वेष्ट ह्याम युनाइटेडले १–१ गोलको बराबरीमा रोकेको हो ।



    यस्तै ब्राइटन र क्रिस्टल प्यालेसले पनि १–१ गोलको बराबरी खेले ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार