Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • महिला टी-२० विश्वकप एसिया छनोट

    मलेसियामाथि नेपालको रोमाञ्चक जित

    मलेसियामाथि नेपालको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं। महिला टी-२० विश्वकपको एसियाली छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।

    बिहीबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियामाथि ५ रनको रोमाञ्चक जित हात पारेको हो ।



    ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन जोड्यो ।



    नेपालको जितमा कविता जोशीले निर्णायक प्रदर्शन गरिन्। कविताको १७- १९ औँ ओभरमा मलेसियाले २/२ विकेट गुमाएको थियो।

    मलेसियालाई अन्तिम ५ ओभरमा २० रन मात्र आवश्यक थियो भने ७ विकेट साथमा रहेको थियो। नेपालका लागि कविता जोशी र कविता कुँवरले २/२ विकेट लिए।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा ८४ रन मात्र जोड्यो। नेपालका लागि सीता राना मगरले ३८ रन जोड्दा कप्तान रुबिना क्षेत्रीले १२ रन बनाइन्।

    यस्तै अप्सरी बेगमले १७ रनको योगदान गरिन्। अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। बलिङमा मलेसियाकी अइना हमिजाहले २ विकेट लिइन्। अब नेपालले दोस्रो खेलमा भोलि बहराइनसँग खेल्नेछ।

    मलेसियामा सुरु प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार