Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कट्रिना र विक्कीलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ

    कट्रिना र विक्कीलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । कट्रिना कैफ र विक्की कौशललाई मार्ने धम्की दिने व्यक्तिलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । विक्की कौशलको उजुरीपछि मुम्बईको सान्ताक्रूज पुलिस स्टेशनमा यो मुद्दा दर्ता गरिएको थियो ।

    प्रहरीलाई दिएको उजुरीमा विक्की कौशलले सामाजिक सञ्जालमा एक व्यक्तिले आफू र उनकी श्रीमतीलाई ज्यान मार्ने धम्की दिइरहेको बताएका थिए ।



    आरोपितले आफ्नी श्रीमतीलाई पछिल्ला केही दिनदेखि स्टक गर्दै आएका थिए ।



    आईटी एक्ट अन्तर्गत मुद्दा दर्ता गरेपछि, मुम्बई पुलिसले यस विषयमा अनुसन्धान सुरु गर्‍यो र केही घण्टा पछि आरोपीलाई पक्राउ गरेको हो । कट्रिना कैफ र विक्की कौशलले गत वर्ष डिसेम्बरमा विवाह गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार