Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ‘रजतपट’ सञ्चालक सुवेदीविरुद्ध अभिनेत्री वर्षाले दिइन् उजुरी

    ‘रजतपट’ सञ्चालक सुवेदीविरुद्ध अभिनेत्री वर्षाले दिइन् उजुरी

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ। अभिनेत्री वर्षा शिवाकोटीले एपीवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘रजतपट’ र त्यसका सञ्चालक प्रकाश सुवेदी विरुद्ध उजुरी दर्ता गराएकी छन् ।आफ्नो व्यक्तिगत कुरासँग  गलत समाचार बनाएर कार्यक्रममा प्रसारण गरेको भन्दै वर्षाले केहीदिन अगाडि चलचित्र विकास बोर्डमा उजुरी दिएकी छिन् ।

    ‘आफ्नै सम्पतिले किनेको घर अरुले किनिदिएको भनेर कार्यक्रममा गलत समाचार बनाइएको छ’ शिवाकोटीले भनिन् ।



    गलत र भ्रामक समाचारले परिवार र आफन्त सबै दु:खी भएको बताएकी छिन् । आफ्नो  पर्सनल जीवनमा यसले नराम्रो असर पारेको छ ।’ निवेदकको विषयमा विकास बोर्डमा छलफल भइरहेको बताएकी शिवाकोटीले अझै अगाडि बढ्नुपरे तयार रहेको सुनाइन् ।



    अभिनयको विषयका विभिन्न कुरा जोडेर आउने गसिफ आफुले सामान्य रुपमा लिँदै आएको बताएकी बर्षाले भनिन् ‘पर्सनल कुरोसँग जोडेर गलत समाचार प्रसारण विषयमा म चुप बस्न सक्दिन ।’ चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले वर्षाले बोर्डमा उजुरी दिएको पुष्टि गरे । ‘वर्षाले ‘रजतपट’ र प्रकाश सुवेदीविरुद्ध एक उजुरी बोर्डमा दर्ता गराउनु भएको छ’ अध्यक्ष दाहालले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार